बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
सेयर बजार

२६ अंकले घट्यो नेप्से, ६ अर्ब ७७ करोडको कारोबार

बुधबार, १६ असोज २०८१, १५ : १९
बुधबार, १६ असोज २०८१

काठमाडौँ । मंगलबार उच्च अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज २६ अंकले घटेको छ । २६२९ बाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २५९७.४९ बिन्दुमा पुगेर रोकिएको छ । 

आज ३१० कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घटेको छ । 

बुधबार १८७ कम्पनीको मूल्य घट्यो । ५४ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको स्थिर रह्यो । 

बुधबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । 

कारोबार रकमका हिसाबले बुधबार नेपाल फाइनान्स लिमिटेड पहिलो नम्बरमा रह्यो । यसको कुल २० करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।  

आज फाइनान्स उपसमूहको सूचक १.७५ प्रतिशतले बढ्यो । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप