सांसद शर्माको राउतलाई प्रश्न– आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आन्दोलनबाट अदालत किन प्रभावित हुन्छ भन्दै प्रश्न गरेका छन् ।
बुधबारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद शर्माले सर्वोच्च अदालतको झ्यालबाट जुलुस हेरेर पनि फैसला हुने गरेको बताएका हुन् ।
उनले भने– बाटो बिस्तार भइरहेको अवस्थामा अदालतले निर्णय गरेपछि रोकिएर अलपत्र परेको छ, यस्ता कुरामा अदालतको ध्यान किन पुग्दैन ? आन्दोलनबाट प्रभावित भएर फैसला हुने गरेको अवस्था छ । सर्वोच्चको झ्यालबाट हेर्ने र जुलुस हेरेर पनि फैसला हुने गरेको छ ।
सांसद शर्माले तल्लो तहका नागरिकलाई आफ्नो तहका प्रमाणहरू बनाउन गाह्रो रहेको भन्दै कागजी प्रमाणलाई मात्रै हेर्दा धेरै अन्याय भएको उल्लेख गरे । उनले यसलाई सुधार गर्न आवश्यक रहेको बताए । जान्नेले कागजी प्रमाण बनाउने गरेको भन्दै उनले नजान्नेहरू अन्यायमा नपरुन् भन्ने कुरामा प्रस्तावित प्रधानन्यायाधीश राउतको ध्यानाकर्षण गराए ।
उनले भने,‘कतिपय अवस्थामा सरकारले रणनीति महत्त्वका निर्णय गर्नुपर्ने हुन्छ, त्यसको मर्म अदालतले किन बुझ्दैन ? समयमा निर्णय नगर्ने, पन्छाइदिने गरेको छ, जसले राज्यलाई ठुलो घाटा लाग्ने गरेको छ ।’
न्यायाधीशहरुलाई लबिङ गरेर राजनीतिक नेताहरूले आफ्नो पक्षमा निर्णय गराउन खोज्ने गरेको भन्दै संविधानको मर्म बुझेर मात्र निर्णय गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा