निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ, बाँकी दसैँअघि गर्छौं : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरूप नै निरन्तर रूपमा भुक्तानी भइरहेको बताए । उनले अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गर्नु । उनले निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिने बताए ।
अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दसैँअघि नै गर्ने प्रयासमा रहेको बताए । उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताए । उनले संसद्ले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू रहेको बताए । उनले वैकल्पिक स्रोतसहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरू जारी रहने बताए ।
उनले भने,‘सरकारले निर्माण व्यवसायीहरूको करिब २० अर्ब रुपैयाँ भुक्तानी भएको छ । तर निर्माण व्यवसायीहरूले पाउनुपर्ने दायित्व सबै पाउनुभएको छैन । सरकार निर्माण सम्पन्न भएको कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिन्छौँ । भुक्तानीको प्रक्रिया रोकिएको छैन । निर्माण व्यवसायीहरूले सरकारबाट पाउनु पर्ने भुक्तानी पाउनु हुन्छ । दसैँ अघि भुक्तानी गर्ने कोसिस गर्छौं ।’
अर्थमन्त्री पौडेलले विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताए । उनले जलवायु परिवर्तनको असर देखिएकाले वर्षाको कारण धेरै ठुलो क्षति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने
-
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग