बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

सांसद अधिकारीको राउतलाई प्रश्न : तपाईंले यसअघि गरेका फैसलाका बारेमा पनि प्रश्न उठेका छन् नि ?

बुधबार, १६ असोज २०८१, १४ : ४६
बुधबार, १६ असोज २०८१

काठमाडौँ । सांसद प्रकाश अधिकारीले बार र बेन्चका बिचमा बेला बेलामा सम्बन्ध सुमधुर नहुने गरेको बताउँदै अधिकांश प्रधानन्यायाधीशको समयमा किन यस्तो हुन्छ भन्दै प्रश्न गरेका छन् । बुधवारको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद अधिकारीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई सो प्रश्न गरेका छन् ।

उनले प्रस्तावित प्रधानन्यायाधीश राउतले यसअघि गरेका फैसलाका बारेमा पनि प्रश्न उठेका छन् नि भन्दै प्रश्न समेत गरे । उनले भने, ‘बार र बेन्चका बिचमा बेला बेलामा सम्बन्ध सुमधुर रहँदैन ? अधिकांश प्रधानन्यायाधीशको समयमा किन यस्तो हुन्छ  ?

उनले राउतलाई आफ्नो अवधारणा आफ्नै कार्यकालमा लागू गर्न सम्भव छ कि छैन भन्दै प्रश्न गरे । उनले भने, ‘‘तपाईंको अवधारणा पत्र तपाईंकै कार्यकालमै लागु गर्न सम्भव छ कि छैन ? विगतमा पनि कार्ययोजना पेस भएको छ। अन्तरिम आदेशमार्फत रोक्दा अवरोध भएको छ।  कुनै कालोसूचीमा परेकाहरूको हकमा अदालतले खुलाएको छ।’ 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप