बिग बोस १८ मा सबैभन्दा महँगो प्रतियोगी, हरेक दिन पाउनेछिन् ५.४ लाख भारु
_dDAld4k3JJ.png)
मुम्बई । चर्चित रियालिटी शो बिग बोस–१८ अक्टोबर ६ देखि सुरु हुँदैछ । शोमा आउन सक्ने प्रतियोगीका विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् ।
यस सिजनमा टिभी अभिनेत्री निया शर्मा भाग लिने पक्कापक्की भइसकेको छ । उनी सुहागन चुडैल, एक हजारोँ मे मेरी बहना हे र नागिनका लागि चर्चित छिन् । भारतीय मिडियाका अनुसार उनी यो सिजनकी सबैभन्दा महँगो प्रतियोगी हुनेछिन् ।
रिपोर्टका अनुसार शर्माले बिग बोसको घरमा बस्ने हरेक दिनका लागि ५ लाख ४० हजार भारतीय रुपैयाँ पाउनेछन् । उनले हरेक हप्ता ३७ लाख ८० हजार भारु प्राप्त गर्नेछिन् । यद्यपि, उनले बिग बोससँग मात्र १५ दिनको करारमा हस्ताक्षर गरेकी छिन् ।
नियाबाहेक अभिनेता धीरज धूपर, अभिनेत्री सुरभि ज्योति, अभिनेता शहजाद धामी, शोएब इब्राहिम र नायरा बनर्जी पनि शोमा सहभागी हुने बताइएको छ ।
त्यस्तै, बलिउड अभिनेत्री समीरा रेड्डी, उर्मिला मातोन्डकर र शिल्पा शिरोडकरको नाम पनि चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि