दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरीयतामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र विश्वकै दोस्रो स्थानमा उक्लिएका छन् ।
अघिल्लो वरीयताको तुलनामा चार स्थान माथि उक्लँदै दीपेन्द्र दोस्रो स्थानमा पुगेका हुन् । अन्तर्राष्ट्रिय टी–२० वरीयताको अलराउन्डरतर्फ इङ्ल्यान्डका लियाम लिभिङ्स्टोन पहिलो स्थानमा आसीन छन् । लिभिङस्टोनको दुई सय ५० अङ्क छ भने दीपेन्द्रको दुई सय ३० अङ्क रहेको छ ।
पछिल्लो टी–२० अलराउन्डर वरीयतामा अस्ट्रेलियाका मार्कुस स्टोइनिस तेस्रो र जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा आसीन छन् । पाँचौँ स्थानमा भने श्रीलंकाका वानिन्दु हसारंगा रहेका छन् । नेपाली खेलाडी कुशल मल्ल वरीयताको ४०औँ स्थानमा छन् । उनी विगतको तुलनामा ६ स्थान तल झरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत