कोपेनहेगनस्थित इजरायली दूतावास नजिक विस्फोट
बुधबार, १६ असोज २०८१, १४ : २९

कोपेनहेगन । डेनमार्कको राजधानी कोपेनहेगनमा विस्फोटको आवाज सुनिएको छ । विस्फोट कोपेनहेगनमा रहेको इजरायली दूतावास नजिकै भएको बताइएको छ ।
विस्फोटबारे प्रारम्भिक अनुसन्धान भइरहेको डेनमार्क प्रहरीले बुधवार भनेको छ । विस्फोट स्ट्रेन्डगेरवेज र लुन्डेवान्ग्सवेज क्षेत्रमा भएको हो । यी दुई क्षेत्रमा भएका विस्फोटमा कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ ।
‘दुईवटा विस्फोटको आधारमा हामी स्ट्रेन्डगेरवेज/ लुन्डेवान्ग्सवेज क्षेत्रमा जाँच भइरहेको छ । कोही पनि घाइते भएका छैनन् । सो क्षेत्रमा रहेको इजरायली दूतावासमा भएको बम विस्फोटको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’ एक्समा गरेको पोस्टका कोपेनहेगन प्रहरीले भनेको छ ।
यी घटनाबारे सोधपुछका लागि कयौँ फोन आइरहेको र आफूहरूले जवाफ दिन नसकेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड