बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

रिंकु सिंहले उपहार मागेको ब्याट विराट कोहलीले सकिब अल हसनलाई दिए !

बुधबार, १६ असोज २०८१, १३ : ३५
बुधबार, १६ असोज २०८१

काठमाडौँ । भारत र बंगलादेशबिचको टेस्ट क्रिकेट शृंखला सकिएको छ । कानपुरमा मंगलबार सम्पन्न दोस्रो टेस्टमा भारतले बंगलादेशलाई सात विकेटले हरायो । त्यो नतिजासँगै भारतले दुई टेस्टको शृंखलामा ‘क्लिन स्विप’ ग¥यो । त्यसअघि पहिलो टेस्टमा भारतले बंगलादेशलाई दुई सय ८० रनले हराएको थियो ।

बंगलादेशका प्रभावशाली खेलाडी सकिब अल हसनका लागि कानपुर टेस्ट सम्वतः अन्तिम हुनसक्छ । निकट भविष्यमा घरेलु मैदान मिरपुरमा खेलिने दक्षिण अफ्रिकाविरुद्धको टेस्टपछि सन्न्यास लिने घोषणा गरिसकेका छन् ।

तर, बंगलादेश क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा सकिबलाई सुरक्षा दिन आफूहरु असमर्थ रहेको बताइसकेका छन् । त्यसैले कानपुर टेस्ट नै अलराउन्डर सकिब अल हसनको अन्तिम खेल भएको अनुमान गरिएको छ ।  

त्यसैले कानपुर टेस्ट सकिएपछि भारतीय खेलाडीले सकिबलाई स–सम्मान विदाइ गरेका थिए । भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीले सकिबलाई विशेष उपहार पनि प्रदान गरे । खेल सकिएपछि विराटले सकिबलाई अँगालो हाल्दै गौरवशाली खेलजीवनका लागि बधाइ दिए ।

त्यसपछि विराटले आफ्नो विशेष ब्याट पनि सकिबलाई उपहार दिए । उनले आफ्नो ब्याटमा हस्ताक्षर गरेर सकिबलाई उपहार दिएका हुन् । विराटको यो ब्याटसँग एउटा रमाइलो प्रसंग पनि जोडिएको छ । त्यो ब्याट यसअघि अर्का भारतीय खेलाडी रिंकु सिंहले पटक–पटक विराटसँग उपहारमा मागेका थिए ।

अघिल्लो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रममा पनि रिंकु सिंहले धेरैपटक विराटसँग त्यो ब्याट मागेका थिए । तर, विराटले त्यो ब्याट रिंकु सिंहलाई उपहार दिन मानेका थिएनन् । विराटले जहिले पनि रिंकुलाई जिस्किएर टार्ने गर्थे ।

अहिले आफ्नो त्यही ब्याट बंगलादेशी अलराउन्डर सकिब अल हसनलाई उपहार दिएका हुन् । सकिबले बंगलादेशका लागि हालसम्म ७१ टेस्ट खेल्दै कुल चार हजार ६ सय नौ रन बनाएका छन् । उनले टेस्टमा दुई सय ४६ विकेट पनि लिएका छन् ।

सकिबले टी–२० अन्तर्राष्ट्रियबाट पनि सन्न्यास घोषणा गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय २९ खेल खेल्दै कुल दुई हजार पाँच सय ५१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले एक सय २९ विकेट पनि लिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप