बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशविरुद्ध भारतको जितमा के–कस्ता रेकर्ड बने ?

बुधबार, १६ असोज २०८१, १३ : २०
बुधबार, १६ असोज २०८१

कानपुर । दुई दिनको खेल वर्षाले प्रभावित भएर चौथो दिनको खेलमा प्रवेश गर्दा कानपुर टेस्ट बराबरीमा सकिने धेरैको अनुमान थियो । तैपनि भारतले बंगलादेशविरुद्ध ७ विकेटको जित हासिल गर्न पर्याप्त समय पायो । खेल एक सेसन अगावै भारतले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो इनिङ्समा बंगलादेशलाई २ सय ३३ रनमा सीमित गर्दै भारतले ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाउँदै आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गर्‍यो ।

त्यसपछि दोस्रो इनिङ्समा बंगलादेशलाई १ सय ४६ रनमा समेट्दै भारतले ७ विकेटले खेल जित्यो । सो खेलमा थुप्रै नयाँ रेकर्डहरू बनेका छन् । यसमध्ये केही यहाँ सूचीकृत गरिएको छ ।

  • १५ – बंगलादेशविरुद्ध एउटै पनि खेल नहारी भारतले खेलेको टेस्टको सङ्ख्या । यसमध्ये भारत १३ वटा विजयी भएको छ । कुनै पनि प्रतिद्वन्द्वीविरुद्ध एउटा पनि हार नबेहोरी सबैभन्दा धेरै टेस्ट खेलिएको सङ्ख्या २० रहेको छ । यो रेकर्ड श्रीलंकाले जिम्बाब्वेविरुद्ध बनाएको छ । न्युजिल्याण्डले पनि जिम्बाब्वेविरुद्ध एउटै पनि खेल नहारी १७ टेस्ट खेलेको छ ।

388302

  • १८ – भारतले घरेलु मैदानमा लगातार जितेको टेस्ट शृङ्खलाको सङ्ख्या । यो शृङ्खला सन् २०१३ अस्ट्रेलियाविरुद्ध ह्वाइट वास गर्दै सुरु भएको थियो । पछिल्लोपटक सन् २०१२ मा इंग्ल्याण्डले भारतलाई घरेलु मैदानमा टेस्ट शृङ्खलामा हराएको थियो ।

सन् २०२१–२२ यता भारतले घर वा बाहिर कुनै पनि टेस्ट शृङ्खला हारेको छैन । अन्तिमपटक भारतले दक्षिण अफ्रिकामा टेस्ट शृङ्खला गुमाएको थियो । त्यसयता टोलीले सातमध्ये ६ वटा टेस्ट शृङ्खला जितेको छ ।

  • ३१२ – कानपुरमा भारतका ब्याटरले ब्याट गरेको बलको सङ्ख्या । कुनै पनि टोलीले टेस्ट जित्दा सामना गरेको चौथो कम बल सङ्ख्या हो । यसअघि सन् १९३५ मा इंग्ल्याण्डलाई हराउँदा वेस्ट इन्डिजले २ सय ७६ बलको सामना गरेको थियो । यही वर्ष भारतले दक्षिण अफ्रिकालाई केपटाउनमा हराउँदा २ सय ८१ बलको सामना गरेको थियो ।
  • ७.३६ – कानपुर टेस्टको दुई इनिङ्समा भारतको औसत रन रेट । यो ३ सय वा सोभन्दा बढी रन बनाउँदा कुनै पनि टोलीको सबैभन्दा उच्च रन रेट हो । यसअघि सन् २००५ मा दक्षिण अफ्रिकाले जिम्बाब्वेविरुद्ध ५० ओभरमा ६.८ को रन रेटले ३ सय ४० रन बनाएको थियो । यद्यपि, टोलीले एक इनिङ्समा मात्र ब्याटिङ गरेको थियो ।
  • १०४० – कानपुरमा फ्याँकिएको बलको सङ्ख्या । सबैभन्दा कम बलमा टेस्ट म्याच सकिनेमा यो पाँचौँ स्थानमा छ । सन् २००० को सेन्चुरियन टेस्ट पनि पाँचौँ दिनमा समाप्त भएको थियो जसमा ८८३ बल फ्याँकिएको थियो ।

388245

सन् २००२२ मा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदा ९ सय ९ बलको सामना गरेको थियो । त्यतिबेला पहिलो दुई दिनको खेल वर्षाले प्रभावित भएको थियो ।

  • १२८.१२ – कानपुर टेस्टमा यशश्वी जैसवालको स्ट्राइक रेट । दुवै इनिङ्समा ५० वा सोभन्दा बढी रन बनाएका ब्याटरको तेस्रो राम्रो स्ट्राइक रेट हो । यसअघि सन् २०१७ मा सिड्नी टेस्टमा डेभिड वार्नरले पाकिस्तानविरुद्ध १३७.७ को स्ट्राइक रेटमा रन बनाएका थिए । सन् २०२२ मा ह्यारी ब्रुकले पाकिस्तानविरुद्ध नै रावलपिन्डी टेस्टमा १३२.५९ को स्ट्राइक रेटमा रन बनाएका थिए ।

jaishwal

  • १ – दुवै इनिङ्समा ५० भन्दा कम बलको सामना गरेर अर्धशतक बनाउने जैसवाल पहिलो भारतीय ब्याटर हुन् । एउटै टेस्टको दुवै इनिङ्समा अर्शधशतक बनाउने उपलब्धि ९ जना अन्य ब्याटरले मात्र हासिल गरेका छन् । गत सेप्टेम्बरमा पाथुम निशांकाले इंग्ल्याण्डविरुद्ध यस्तै उपलब्धि हासिल गरेका थिए ।
  • ८ – घरेलु मैदानमा १३ इनिङ्समा जैसवालले बनाएको ५० वा सोभन्दा बढी रनको सङ्ख्या । यी सबै सन् २०२४ मा आएका हुन् । कुनै पनि क्यालेन्डर वर्षमा भारतीय भूमिमा बनाएको सबैभन्दा धेरै ५० वा सोभन्दा बढी रनको सङ्ख्या हो । 

त्यस्तै, उनले भारतीय भूमिमा ९०१ रन बनाएका छन् । एकै क्यालेन्डर वर्षमा उनीभन्दा धेरै सन् १९७९ मा जीआर विश्वनाथले १ हजार ४७ रन तथा विराट कोहलीले सन् २०१६ मा ९ सय ६४ रन बनाएका थिए ।

ashwin

  • ११ – टेस्ट क्रिकेटमा रवीचन्द्रन आश्विनले पाएको प्लेयर अफ द सिरिजको सङ्ख्या । उनीसँगै मुथैया मुरलीधरनले सर्वाधिक प्लेयर अफ द सिरिज पाएका छन् ।
  • ७ – कुनै पनि टेस्टमा कुनै पनि ब्याटरले ७५ वा सोभन्दा बढी रन नबनाई र कुनै पनि बलरले ४ विकेटभन्दा बढी नलिई कुनै टोलीले खेल जितेको सङ्ख्या । कानपुर टेस्टमा कुनै पनि भारतीय बलरले ३ भन्दा बढी विकेट लिन सकेनन् । त्यस्तै, जैसवालले पहिलो इनिङ्समा बनाएको ७२ रन नै सर्वाधिक व्यक्तिगत स्कोर थियो ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप