लेवनानमा स्थलगत कारबाहीका लागि इजरायलले पठायो थप सेना

बेरुत । इजरायलले लेवनानमा भूमिगत सैन्य कारबाहीका लागि थप सेना पठाएको छ । मङ्गलवार मात्रै उसले यो कारबाहीको घोषणा गरेको थियो । दक्षिणी लेबनानमा हिजबुल्लाहका गढहरूमा सीमित र लक्षित कारबाही गर्न अतिरिक्त बल इजरायल डिफेन्स फोर्स (आईडीएफ)ल पठाएको बताएको छ । यी सेनाहरू भूमिगत कारबाहीमा हुने बताइएको छ ।
यसअघि हिजबुल्लाहले लेबनानमा आफूले इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो । बुधवार बिहान इजरायली सेनासँग झडप भएको समूहले एक विज्ञप्तिमा भनेको थियो । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका थिए । आफ्ना लडाकुहरूले इजरायली गस्तीको सामना गरेर यसलाई तितरवितर पारेर पछि हट्न बाध्य पारेको हिजबुल्लाहले भनेको थियो ।
इजरायली सेनाले हिजबुल्लाहको यो दाबीबारे केही भनेका छैन । आईडीएफले मङ्गलवार चाहिँ आफूहरूले दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको ठेगानालाई लक्षित गर्ने बताएको थियो । उत्तरी इजरायलको सीमामा बसोबास गर्ने मानिसहरूलाई हिजबुल्लाहले यहाँबाट आक्रमण गर्ने गरेको भन्दै आईडीएफले सैन्य कारबाही सीमित क्षेत्रमा हुने र निशाना सीमावर्ती गाउँहरूमा हुने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
-
प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध
-
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन