सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश सरकारद्वारा राहत वितरण गर्नको  चालु आर्थिक वर्षमा ४० लाख निकासा

बुधबार, १६ असोज २०८१, १३ : १६
बुधबार, १६ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुनर्स्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । 

प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको आधारमा उक्त रकम निकास गरिएको हो ।

साउन, भदौ र असोज महिनाको १३ गतेसम्मको विवरण अनुसार राहत तर्फ ३४ लाख ७५ हजार र पुनर्स्थापना तर्फ ५ लाख २५ हजार रुपैयाँ गरी ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

 राहततर्फ सबैभन्दा धेरै दाङ जिल्लामा २३ लाख ३५ हजार, रोल्पा जिल्लामा ३ लाख ८० हजार, बर्दिया जिल्लामा २ लाख, रुपन्देहीमा एक लाख ३० हजार, कपिलवस्तु जिल्लामा ३० हजार रुपैयाँ राहत स्वरूप वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले जानकारी दिए । 

पुनर्निर्माणको लागी प्युठान जिल्लामा पाँच लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । 

बाढी, पहिरो, आगलागी, चट्याङ्ग लगायतमा विपद्मा परेकाहरूलाई प्रहरीको मुचुल्का र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत र पुनर्स्थापनाको लागि रकम उपलब्ध गराउँदै आएको  जनाएको छ  । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  राहत वितरणमा प्रदेश सरकारको चुस्तता दिन निर्देशन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप