बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

बुधबार, १६ असोज २०८१, १३ : १३
बुधबार, १६ असोज २०८१

सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए ।

माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले रातोपाटीलाई बताए ।

सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप