आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

राहत रकम किसानको खातामा पठाउन  सांसद महतोको आग्रह

बुधबार, १६ असोज २०८१, १३ : ०३
बुधबार, १६ असोज २०८१

काठमाडौँ । प्रतिनिधिसभा सांसद वीरेन्द्र महतोले राहत रकम पीडित तथा किसानको खातामै पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

आज बसेको कृषि समितिको बैठकमा बोल्दै उनले दसैँ नजिकिएकोले राहत वितरणमा ढिलाइ नगर्न समेत आग्रह गरे । 'विपत् हरेक वर्ष आएको छ, तर सरकारले पहिले नै राहतको  व्यवस्था गर्न कहिल्यै सकेन । अव राहत खोजेर कहिले वितरण गर्ने ? बजेट नभए आकस्मिक बजेट ल्याएर भए पनि तत्काल राहत वितरण गर्नुपर्छ', उनले भने । 

सयौँ हेक्टर बाली भित्राउने बेला बाढीको कारण नष्ट भएको उनले बताए । घर भित्र थन्क्याएको बाली पनि नष्ट भएपछि किसान मर्कामा परेको उनले बताए । 

त्यसैगरी सांसद वीरबहादुर बलायरले मौसमको पूर्वानुमान हुँदा हुँदै ठुलो क्षति भएको भन्दै सरकारले आत्मआलोचना गर्नुपर्ने बताए । साथै पूरक बजेट ल्याएर भए पनि तत्काल राहतको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप