इजरायली सेनालाई लेबनानमा पछि हट्न बाध्य पारेको हिजबुल्लाहको दाबी

बेरुत । लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ । बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै उसले इजरायली सेनासँग झडप भएको बताएकाे हाे । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका थिए ।
हिजबुल्लाह लडाकुहरूले इजरायली गस्ती दलको सामना गरेको, भिडलाई क्षति पुर्याएको र यसलाई पछि हट्न बाध्य पारेको पनि विज्ञप्तिमा भनिएको छ । इजरायलले अहिलेसम्म हिजबुल्लाहका यी दाबीहरूमाथि कुनै प्रतिक्रिया दिएको छैन । यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो ।
आईडीएफले माइक्रोब्लगिङ वेबसाइट एक्समा जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको छ । ‘हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको ठेगानालाई लक्षित गर्नेछौँ । यो सैन्य कारबाही सीमित क्षेत्रमा हुनेछ । निशानाहरू सीमावर्ती गाउँमा छन् । यहाँबाट हिजबुल्लाहले उत्तरी सीमामा बसोबास गर्ने मानिसहरूलाई आक्रमण गर्दछ’ आईडीएफले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता