बाढीका कारण स्थगित भएको जनमतको प्रशिक्षण कहिलेबाट सुरु हुन्छ ?

काठमाडौँ । बाढी पहिरोको कारण जनमत पार्टीको प्रशिक्षण कार्यक्रम प्रभावित भएको छ । असोज १० र ११ गते परेको अविरल वर्षाका कारण प्रशिक्षण कार्यक्रम प्रभावित भयो । सो पार्टीले बाढीकै कारण सुनसरी, मोरङ र झापाको प्रशिक्षण कार्यक्रम स्थगित गरेको थियो । स्थगित प्रशिक्षण कार्यक्रम कहिले हुने भन्ने अझै टुङ्गो लागेको छैन ।
तराई मधेसका १६ वटा जिल्लाका लागि प्रशिक्षण कार्यक्रम तय भएको थियो । भदौ ३० गते बर्दियाबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सप्तरी जिल्लासम्म सम्पन्न भएको छ । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहका अनुसार मौसमको अवस्था हेरेर बाँकी जिल्लाका लागि मिति तय हुन्छ ।
१३ वटा जिल्लामा सम्पन्न भएको प्रशिक्षणमा पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण दिएको उनले बताए । सङ्गठन निर्माण तथा सुदृढीकरणका लागि पनि यो प्रशिक्षणले काम गरेको बताउँदै उनले दसैँ, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम पनि भएको बताए ।
अहिलेको वर्तमान राजनीतिक विचलन, बेथिति र अन्यौलतालाई चिर्न यो प्रशिक्षण सफल भएको जनमत पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश सर्राफले बताए । ग्रास रुटका कार्यकर्तालाई वैचारिक धार, सिद्धान्त र ज्ञान दिने काम यो प्रशिक्षण गरेको बताउँदै उनले प्रशिक्षणले नै कार्यकर्तामा जोस भर्ने काम गरेको बताए ।
ग्रास रुटसम्मको नवीन नेतृत्वलाई सक्षम बनाएर देशमा राजनैतिक, आर्थिक, सामाजिक/सांस्कृतिक रूपान्तरण एवं क्रान्ति गर्ने उद्देश्यले यो प्रशिक्षण सञ्चालन भइरहेको सर्राफले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन