बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

पर्साको महादेवपट्टिबाट ४२६/२६ नम्बरको पिलर बाढीले बगायो

बुधबार, १६ असोज २०८१, १२ : ३१
बुधबार, १६ असोज २०८१

वीरगन्ज । पर्सामा आएको बाढीले नेपाल–भारत सिमानाबाट एउटा पिलर हराएको छ । जिल्लामा तीन दिन अगाडि आएको बाढीले नेपाल–भारतको सिमानामा पर्ने एउटा पिलर हराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिकास्थित ओरिया खोलामा आएको बाढीले नेपाल–भारतको महादेवपट्टिबाट पिलर हराएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । 

उनका अनुसार जिल्लामा आएको बाढीले सीमा स्तम्भबाट एउटा पिलर हराएको हो । प्रहरीका अनुसार नेपाल–भारत सिमानामा रहेको ४२६/२६ नम्बरको पिलर हराएको हो । 

बाढीले ३०/४० फिट जमिन कटान गरी पिलर बगाएको प्रहरीले जनाएको छ । हराएको पिलरको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप