गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्सलाई २ लाख जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ । विभागले बुधबार जावलाखेल ललितपुर महानगरपालिका १५ स्थित आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको हो ।
यस कम्पनीमा पुरानो खुइलिसकेको प्याकेटको खाने तेल प्रयोग गरी मिठाइ उत्पादन गरिएको फेला पारेको थियो । ललितपुरकै हानकुक साराङ रेस्टुरेन्ट प्रालि ३ लाख जरिवाना तिराएको छ ।
साराङ रेस्टुरेन्टले मैदाको ब्राण्ड उल्लेख नभएको फेला पारेको थियो । उक्त मैदामा लेबल नै नराखेको तथा उत्पादन मिति, ब्याच नम्बर र परिमाण उल्लेख नभएको पाइएको थियो ।
यस्तै दर्ता प्रमाण पत्र नराखी सञ्चालन गरिएको नयाँ बानेश्वरस्थित जनकपुर मिठाई एण्ड चार्ट्स हाउसलाई पनि ६५ हजार जरिवाना गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली