कप्तान पदबाट टिम साउथीको राजीनामा, टम लाथमले पाए जिम्मेवारी

काठमाडौँ । न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर टिम साउथीले टेस्ट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । टेस्ट क्रिकेटमा श्रीलंकासँग पराजित भएको केही समयपछि नै साउथीले कप्तानको जिम्मेबारी त्याग्ने निर्णय लिएका हुन् ।
३५ वर्षीय साउथीले पदबाट राजीनामा दिएपछि न्युजिल्यान्ड क्रिकेट बोर्डले टम लाथमलाई टेस्ट टोलीको कप्तान बनाउने निर्णय गरेको छ । साउथीको कप्तानीमा न्युजिल्यान्डले १४ वटा टेस्टमा सहभागिता जनाएको थियो । त्यसमध्ये न्युजिल्यान्ड ६ टेस्टमा विजयी र ६ वटा टेस्टमा पराजित भएको थियो । बाँकी दुई टेस्ट भने अनिर्णित रुपमा सकिएको थियो । सन् २०२२ मा केन विलियम्सनले जिम्मेवारी छाडेपछि साउथीलाई टेस्ट टोलीको कप्तान बनाइएको थियो ।
सेप्टेम्बरमा साउथीकै कप्तानीमा न्युजिल्यान्डले श्रीलंकासँग उसैको घरेलु मैदानमा दुईवटा टेस्टको शृंखला खेलेको थियो । तर, ती दुबै टेस्टमा न्युजिल्यान्डले नमिठो हार भोगेको थियो । पहिलो टेस्टमा न्युजिल्यान्ड ६३ रनले पराजित भएको थियो ।
यसैगरी, दोस्रो टेस्टमा पनि श्रीलंकाले न्युजिल्यान्डलाई एक पाली र एक सय ५४ रनको विशाल अन्तरले हराएको थियो । त्यो हारपछि साउथीको ब्यापक आलोचना भएको थियो । त्यसअघि भारतमा हुने भनिएको न्युजिल्यान्ड र अफगानिस्तानबिचको एकमात्र टेस्ट भने वर्षाका कारण रद्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म