बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

सन्तोषी ‘मिसेस नेपाल युनिभर्स’ घोषित

बुधबार, १६ असोज २०८१, ११ : ५०
बुधबार, १६ असोज २०८१

काठमाडौँ । ‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । कार्कीले ४७ औँ ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता दक्षिण कोरियामा आयोजना हुँदैछ । 

अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घ बेलायतकी महासचिव समेत रहेकी सन्तोषीसँग विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभव छ । सन्तोषी लन्डनमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएकी छन् । कार्कीले २००८ मा ‘मिस टिन कलेज’को उपाधि समेत जितेकी थिइन् ।

सन्तोषीले मिसेस युनिभर्सको लागि आवश्यक सबै प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यसँग लिनेछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप