आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
बुधबार, १६ असोज २०८१, १० : ५९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज तोलाको १९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।