हङकङबाट राजीनामा पठाए वडाध्यक्षले
बुधबार, १६ असोज २०८१, १० : २६

ताप्लेजुङ । विगत ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् ।
वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते