सुशीलाको स्वर रहेको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक

काठमाडौँ । गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो ।
गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धड्कन बन्न चाह यसमा व्यक्त गरिएको छ ।
भिडियोमा पशुपति श्रेष्ठ, बद्री श्रेष्ठ, सुमन पी मैनालीको छायाङ्कन एवं सम्पादन रहको छ । सानैदेखि गीत सङ्गीतमा लगाव राख्दै आएकी सुशीला पछिल्लो समय अमेरिकाको बोस्टनमा रहँदै आएकी छिन् । विदेशमा रहेपनि उनी नेपाली गीत सङ्गीतमा सक्रिय रहँदै आएकी छिन् ।
‘तिम्रो मायाको छहारीमा’ गीतलाई गायिका सुशीलाकै अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा