बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि खुलेनन् बाढीले क्षति पुर्‍याएका यी सडक

बुधबार, १६ असोज २०८१, ०९ : ३७
बुधबार, १६ असोज २०८१

काठमाडौँ । ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले त्यस क्षेत्रमा आज पनि सवारी आवागमन बन्द भएको छ । काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । 

विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आज पनि चल्न  सकेका छैनन् । काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरूमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । 

त्यसैगरी रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ । 

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । 

मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रीज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।यस बाहेक अन्य नाकाबाट भने सवारी  साधन सञ्चालन  भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप