सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल
![सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल](https://npcdn.ratopati.com/media/news/dortmond_nyKK3QioYG.png)
इडुना पार्क । जर्मन क्लब बोरुसिया डर्टमन्डले सेल्टिकको पोस्टमा गोल वर्षा गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा टोली ७–१ गोल अन्तरले विजयी बन्यो ।
एमरे च्यानले खेलको ७ औँ मिनेटमा नै पेनाल्टीबाट डर्टमन्डलाई अग्रता दिलाएका थिए । तर, दुई मिनेटपछि डाइजेन माइडेलाई सेल्टिकका लागि बराबरी गोल फर्काए ।
त्यसपछि भने खेलमा डर्टमन्डले गोलको वर्षा सुरु गर्यो । करिम अडेयामीले आफ्नो ह्याट्रिक पुरा गरे भने सेरहु गुइरासीले दुई गोल गरे ।
बराबरी गोल फर्काएको दुई मिनेटपछि अडेयामीले पुनः डर्टमन्डलाई अग्रता दिलाएका थिए । २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ४२ औँ मिनेटमा ह्याट्रिक पुरा गरे ।
त्यसअघि ४० औँ मिनेटमा गुइरासीले पेनाल्टीमार्फत गोल गरेका थिए । उनले दोस्रो हाफको ६६ औँ मिनेटमा अर्को गोल थपे । ७९ औँ मिनेटमा फेलिक्स एनमेचाले सातौँ गोल गरे ।
अब डर्टमन्डले गत सिजनको फाइनलको रिप्लेका रूपमा रियल मड्रिडको सामना गर्नेछ । उता, ब्रेन्डन रोजर्सको सेल्टिकले इटालियन क्लब एटलान्टाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता