लेवान्डोस्कीले रोनाल्डोको रेकर्ड पछ्याउँदा बार्साको सहज जित
![लेवान्डोस्कीले रोनाल्डोको रेकर्ड पछ्याउँदा बार्साको सहज जित](https://npcdn.ratopati.com/media/news/barca_qDgdyobzsk.png)
क्याम्प नाउ । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले च्याम्पियन्स लिगमा यङ ब्वाइजमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो ।
घरेलु टोलीले खेलको सुरुवातमा नै अग्रता लियो । लेवान्डोस्कीले खेलको आठौँ मिनेटमा पहिलो गोल गरे । ३४ औँ मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए । ३ मिनेटपछि इनिगो मार्टिनेजले तेस्रो गोल थपे ।
दोस्रो हाफमा पनि ला लिगाको शीर्ष स्थानमा रहेको बार्साले विपक्षी टोलीमाथि दबाब कायम राख्यो । ५१ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे ।
योसँगै ३६ वर्षीय पोल्यान्डका फरवार्ड च्याम्पियन्स लिगको इतिहासमा ३० वर्षको उमेरपछि ५० वा सोभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यो रेकर्ड यसअघि क्रिस्टियानो रोनाल्डोको नाममा मात्र थियो । प्रतियोगितामा उनले कूल ९६ गोल गरेका छन् ।
खेलको अन्त्यतिर मोहम्मद अली कामाराले यङ ब्वाइजका लागि आत्मघाती गोल गरे । स्वीस च्याम्पियन टोली प्रतियोगितामा जितविहीन रहेको छ । पहिलो खेलमा टोली एस्टन भिल्लासँग ३–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता