इजरायलमाथि इरानको आक्रमण : कति बढ्यो तेलको मूल्य ?
![इजरायलमाथि इरानको आक्रमण : कति बढ्यो तेलको मूल्य ?](https://npcdn.ratopati.com/media/news/isreal_lXydtfayUr.png)
काठमाडौँ । मंगलबार राति इरानले इजरायलमा मिसाइल हमला गरेपछि तेलको मूल्य बढेको छ । यो हमलापछि मध्यपूर्वमा थप द्वन्द्वको डर बढेको छ । यदि यस्तो भयो भने, तेल आपूर्ति पनि प्रभावित हुन सक्छ।
ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो। यसको मूल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको छ । मंगलबारको कारोबारमा यो पाँच प्रतिशतभन्दा बढीले बढेको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौँ ठुलो तेल उत्पादक देश हो। यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन) को तेस्रो ठुलो सदस्य पनि हो।
यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै गरिने व्यापारलाई असर गर्न सक्ने व्यापारीहरूबिच चिन्ता बढेको छ। स्ट्रेट अफ हर्मुज ओमान र इरानको बिचमा अवस्थित छ। यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्त्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ।
ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता