घाटाको नेपाल–बङ्गलादेश व्यापारमा बिजुलीको टेको
काठमाडौँ । नेपाल र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बिच बिहीबार ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुने भएको छ । सम्झौतापछि बीपीडीबीले वर्षायाममा नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ । नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले यसमा भारतको पनि सहमति आवश्यक पर्छ ।
यसअघि २०८० पुसमा नेपालको ४० मेगावाट विद्युत् खरिद गर्न बङ्गलादेश, भारत र नेपालबिचको त्रिपक्षीय समझदारी भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतका अनुसार यही कारण नेपाल–बङ्गलादेश बिचको विद्युत् व्यापार सम्झौतामा भारतका ऊर्जामन्त्री मनोहर लालको पनि सहभागिता रहने छ ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएका तथा आफैँले बनाएको २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबापत उत्पादित विद्युत् किन्ने छ । सम्झौतापछि विद्युत् कहिलेदेखि निर्यात हुने भन्ने थाहा हुने ऊर्जा मन्त्रालयले जनाएको छ । नेपाल–बङ्गलादेशबिच अन्य वस्तु तथा सेवाको व्यापार सुरु भएको तीन दशक भए पनि बिजुली व्यापार भने पहिलो पटक हुन लागेको हो ।
करिब तीन दशकअघि द्विपक्षीय व्यापारको सुरुवातमा नेपाल फाइदामा थियो । भन्सार विभागका अनुसार व्यापार सुरु भएको आर्थिक वर्ष २०५४/२०५५ देखि २०५६/२०५७ सम्म नेपालले बङ्गलादेशसँग फाइदा लिएको थियो ।
आव २०६४/०६५ देखि २०७०/०७१ सम्मको सात वर्षमा भने बङ्गलादेशको व्यापारमा नेपाललाई फेरि नाफा भयो । त्यसबेला सबैभन्दा धेरै कृषि उपज निर्यात भएको सरकारी तथ्याङ्क छ । यसपछिका वर्षमा भने बङ्गलादेशसँगको व्यापारमा नेपाललाई निरन्तर घाटा रहेको छ ।
आव २०५६/२०५७ मा नेपालले बङ्गलादेशमा ९४ करोड २३ लाख रुपैयाँको सामान पठाउँदा उताबाट ४१ करोड ३२ लाखको ल्याएको थियो । त्यसपछि केही वर्ष नेपाल बङ्गलादेशसँग व्यापार घाटामा गयो । त्यसबेला बङ्गलादेशबाट रासायनिक मल, जुट, ब्याट्री, प्लास्टिकका सामग्री र औषधि धेरै आयात हुने वस्तुको सूचीमा थिए । अहिले यसमा कृषिजन्य वस्तु पनि थपिएका छन् ।
आव २०६४/०६५ देखि २०७०/०७१ सम्मको सात वर्षमा भने बङ्गलादेशको व्यापारमा नेपाललाई फेरि नाफा भयो । त्यसबेला सबैभन्दा धेरै कृषि उपज निर्यात भएको सरकारी तथ्याङ्क छ । यसपछिका वर्षमा भने बङ्गलादेशसँगको व्यापारमा नेपाललाई निरन्तर घाटा रहेको छ । के यो घाटालाई अब हुने बिजुली व्यापारले सघाउला ? पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अहिले सम्झौता हुने ४० मेगावाटले त्यो व्यापार नाफा–घाटामा प्रभाव नपारे पनि सम्भावना भने देखाउने बताउँछन् । ‘अहिले जति मेगावाट निर्यात भए पनि त्यसमा ठुलो आर्थिक कूटनीति जोडिन्छ,’ उनी भन्छन्, ‘सुरुवात भयो भने भोलिका दिनमा निकै ठुलो परिमाणको व्यापार हुने सम्भावना रहन्छ ।’ यसले नेपाल–बङ्गलादेशबिचको व्यापारमा मात्रै होइन, अन्य मुलुकमा समेत नेपाली बिजुली व्यापारको सम्भावनाको ढोका खोल्छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल–बङ्गलादेशबिच ३ अर्ब १३ करोड ५२ लाख को व्यापारमा भएको छ । जसमा नेपालबाट जम्मा ४६ करोड ३१ लाख ८९ हजारको सामान निर्यात भएको छ । बङ्गलादेशले अहिले जुट, औषधि, गार्मेन्ट, जुस, विद्युतीय सामग्री लगायतका वस्तु नेपाल निर्यात गर्छ । यसमा बिजुली थपिए स्वाभाविक रूपमा नेपालको व्यापार भोलिका दिनमा फाइदामा जाने प्रशस्त ठाउँ रहेको उपाध्यायको भनाइ छ । उनी भन्छन्, ‘अहिले भारतसँगको व्यापारमा जसरी बिजुलीले केही टेको दिएको छ । बङ्गलादेशसँगको घाटा पूर्तिमा यसको झन् ठुलो भूमिका हुन्छ ।’
ठुलो जनसङ्ख्या, नजिकको भूगोल, आर्थिक गतिविधि र मागका आधारमा ठुलो बजार सम्भावना भएको देशको रूपमा उदाउँदो छ । व्यवसायीहरूका अनुसार जहाँ मुसुरो, गहुँ, तरकारी, सिमेन्ट, लगायतका वस्तुको माग ठुलो छ । तर यसको फाइदा नेपालले लिन सकेको छैन ।
बङ्गलादेश ठुलो जनसङ्ख्या भएको मुलुक हो । नेपाली सीमाबाट ३० किलोमिटर मात्रै दूरीमा रहेको बङ्गलादेश अहिले दक्षिण एसियामा उदाउँदो अर्थतन्त्र रूपमा चिनिन्छ । राजनीतिक रूपमा पछिल्लो समय केही अस्थिर देखिए पनि प्रतिव्यक्ति आम्दानी नेपालको भन्दा उच्च छ । बङ्गलादेशको हालको प्रतिव्यक्ति आम्दानी २०४६ डलर छ । नेपालजस्तै सन् २०२६ मा बङ्गलादेश पनि विकासशील मुलुकमा स्तरोन्नति हुने सूचीमा छ ।
ठुलो जनसङ्ख्या, नजिकको भूगोल, आर्थिक गतिविधि र मागका आधारमा ठुलो बजार सम्भावना भएको देशको रूपमा उदाउँदो छ । व्यवसायीहरूका अनुसार जहाँ मुसुरो, गहुँ, तरकारी, सिमेन्ट, लगायतका वस्तुको माग ठुलो छ । तर यसको फाइदा नेपालले लिन सकेको छैन । अहिले नेपालले अहिले बङ्गलादेशमा मुसुरोको दाल, पिना, अदुवा, सुठो, अम्रिसो लगायत वस्तु तुलनात्मक रूपमा बढी निर्यात गरिरहेको छ । नेपाल निर्यात परिषद्का पूर्व अध्यक्ष रेसमबहादुर पोखरेल बङ्गलादेशमा नेपालका कृषि र औद्योगिक उत्पादनको ठुलो छ । ‘अहिले भइरहेको निर्यातका सामग्रीलाई बढाउने पहल गरेमात्रै राज्यलाई ठुलो राहत मिल्छ,’ उनी भन्छन्, ‘नजिकको छिमेकमा हुँदाहुँदै हामीले निर्यात गर्न नसकेपछि उसले पश्चिमा मुलुकबाट समेत किनेर खाइरहेको छ ।’ यसमा सरकारले विशेष पहल लिने हो भने बङ्गलादेशसँगको व्यापार फाइदा तत्कालै जाने उनको बुझाइ छ ।
त्यसो त सन् २०१९ मा बङ्गलादेशको ढाकामा भएको दुई देशबिचको सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १०८ प्रकारका सामग्रीलाई भन्सार सुविधा दिने सहमति भएको थियो । नेपालले चाहिँ माछा, आलु, गार्मेन्ट, बिस्कुट, प्लास्टिकजन्य वस्तु लगायत ५० वस्तुमा भन्सार शुल्क छुट गर्ने सम्झौता थियो । जुन अहिलेसम्म लागू भएको छैन । यो लागूको पहल नगर्दा पनि नेपाललाई बङ्गलादेशसँगको व्यापारमा फाइदा नपुगेको व्यवसायीको भनाइ छ । ‘सरकारी स्तरबाट भएका सम्झौता लागू गर्न सरकारले नै पहल गर्नुपर्यो,’ परिषद्का पूर्व अध्यक्ष पोखरेल भन्छन्, ‘नेपालले आफूलाई हितमा राखेर कूटनीतिक पहल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।’ सरकारी तवरबाट पहल भए नेपाल–बङ्गलादेशबिचको व्यापार तत्कालै तीन गुणासम्म बढाउन सक्ने ठाउँ रहेको पोखरेलको भनाइ छ ।
नेपालबाट निकासी हुने सामानमा बङ्गलादेशले भन्सार महसुल तुलनात्मक रूपमा धेरै लगाउँदा पनि नेपाली सामग्रीलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको जानकारहरूको भनाइ छ । अर्थशास्त्रका सहप्रध्यापक डा. घनश्याक खड्का नेपालबाट निर्यात हुने कतिपय वस्तुमा भारतबाट हुनेभन्दा बढी कर लिइरहेको बताउँछन् । नेपालबाट निकासी हुने कतिपय वस्तुमा बङ्गलादेशले शतप्रतिशतसम्म कर लिइरहेको छ । भन्सार महसुललगायत वैदेशिक व्यापार सम्झौतामा थुप्रै सुधारको खाँचो पनि छ । ‘नेपालले वैदेशिक व्यापार, भन्सार शुल्क, झन्झटिलो कागजी प्रक्रिया र भुक्तानीको समस्या पनि तत्काल समाधान गर्नुपर्छ,’ खनाल भन्छन्, ‘समयानुकूल नीतिहरू परिमार्जन गरियो भने बङ्गलादेशसँग मात्रै होइन, सबै वैदेशिक व्यापारमा लाभ लिन सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने