बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु

बुधबार, १६ असोज २०८१, ०७ : २२
बुधबार, १६ असोज २०८१

काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले  बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप