चन्द्रनिगाहपुरमा प्रहरीको यात्रु सहायता कक्ष सञ्चालनमा

रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सञ्चालन गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले डिएसपी राई , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारी, नागरिक समाज, सञ्चारकर्मीहरू समेतको उपस्थितिमा मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त