बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

युरोपियन च्याम्पियन्स लिग : पीएसजीविरुद्ध आर्सनलको शानदार जित

डर्टमण्ड अंकतालिकाको शीर्षस्थानमा
बुधबार, १६ असोज २०८१, ०४ : १०
बुधबार, १६ असोज २०८१

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध आर्सनलले शानदार जित हासिल गरेको छ ।

लिगअन्तर्गत मंगलबार राति इमिरेट्स स्टेडियममा भएको दोस्रो चरणको खेलमा आर्सनलले पीएसजीलाई  २-० ले हराएको हो ।

आर्सनलले पहिलो हाफमै पीएसजीविरुद्ध दुई गोल गरेको थियो । उसका लागि २० औँ मिनेटमा काइ हार्बट्ज र ३५ औँ मिनेटमा बुकायो साकाले १-१ गोल गरेका थिए ।

पहिलो चरणको खेलमा एट्लान्टासँग बराबरी खेलेको आर्सनलले प्रतियोगिताअन्तर्गत पहिलो जितसँगै ४ अंक बटुलेको छ ।

आर्सनल अंक तालिकामा ८ औँ स्थानमा छ । यसअघि जिरोनासँग जित पाएको पीएसजी ३ अंकसहित १८ औँ स्थानमा छ । 


प्रतियोगिताअन्तर्गत दुई खेलमध्ये दुवै खेलमा जित पाएको डर्टमण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले सेल्टिकविरुद्ध ७-१ गोल अन्तरको जित निकाल्यो । 

डर्टमण्डका लागि करिम अदियेमीले ह्याट्रिक पूरा गरे । पहिलो हाफको ७ औँ मिनेटमा पेनाल्टी पाएको डर्टमण्डका लागि एमरे कानले गोल गरे । सरोउ गुइरासीले २ गोल गरे भने फेलिक्स मेचाले १ गोल गरे ।

जितसँगै डर्टमण्ड ७ अंकसहित अंकतालिकामा शीर्षस्थानमा उक्लिएको हो । मंगलबारका खेलमा ब्रेष्टले साल्जबर्गलाई ४-० ले हराएको छ भने स्टटगार्ट र स्पार्ता प्रेगले बराबरी खेलेका छन् । 

अर्को खेलमा बार्सिलोनाले योङ बोइजलाई ५-० ले हरायो भने म्यानचेष्टर सिटीले स्लोभन ब्राटिस्लाभालाई ४-० ले हराएको छ । 
अंकतालिकामा ब्रेष्ट दोस्रो, म्यानचेष्टर सिटी चौथो, बार्सिलोना १० औँ नम्बरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप