नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल

काठमाडौँ । नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको हो ।
बैठकमा यही असोज १७ गते नेपाल–भारत–बंगलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बंगलादेशबीचको ऊर्जा विकासका सम्भावनाका विविध विषयमा छलफल भएको कार्यदलका संयोजक एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिए ।
नेपाल र बंगलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णयबारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।
नेपाल, भारत र बंगलादेशबीच यही असोज १७ गते त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बंगलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी