बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

सुत्नुअघि दुधमा यी चीज मिलाएर खानुस्, चमत्कार गर्न सक्छ !

बुधबार, १६ असोज २०८१, ०५ : १५
बुधबार, १६ असोज २०८१

काठमाडौं । दुध हाम्रो खानपानको महत्वपूर्ण हिस्सा हो । यो एउटा यस्तो चीज हो जसलाई हामी कहिल्यै बेवास्ता गर्न सक्दैनौं । दुधमा सबै खालका पोषक तत्व पाइन्छ ।

दुधमा जुन हाम्रो शरीरको हड्डी, मांसपेशी र समग्र स्वास्थ्यका लागि आवश्यक भिटामिन, क्याल्सियम, प्रोटिन र अन्य धेरै पोषक तत्वहरू हुन्छन् । 

दुधमा केही सामग्री मिसाएर नियमित रूपमा सेवन गर्ने हो भने यसले स्वास्थ्यमा थप सुधार ल्याउन सक्छ । कमजोरी, लो स्ट्यामिना जस्ता समस्याहरूसँग जुधिरहेका मानिसका लागि दुधले चमत्कार गर्न सक्छ । 

दुधमा मिसाएर खाँदा ऊर्जावान रहने र सधैं स्वस्थ रहन सकिने केही खानेकुरा यस्ता छन् । 

बेसार

बेसार यसको औषधीय गुणका लागि प्रसिद्ध छ । यसमा पाइने कक्र्यूमिन एक शक्तिशाली एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी कम्पाउन्ड हो । हरेक रात सुत्नुअघि दुधमा एक चिम्टी बेसार मिसाएर पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । शरीरमा सुन्निएको कम हुन्छ र रुघाखोकी जस्ता रोगबाट बच्न सकिन्छ । यसले मांसपेशी र जोर्नी दुखाइ पनि कम गर्छ र निद्रामा सुधार ल्याउँछ ।

अश्वगन्धा

आयुर्वेदमा अश्वगन्धा निकै महत्वपूर्ण औषधि हो । यसले शरीरलाई तनावमुक्त राख्छ, मस्तिष्कको काममा सुधार गर्छ र ऊर्जा बढाउँछ । दुधमा अश्वगन्धा मिसाएर पिउनाले मांसपेशी बलियो हुन्छ ।

शरीरलाई ऊर्जा मिल्छ र निद्राको गुणस्तरमा पनि सुधार ल्याउँछ । दिनभरि शारीरिक वा मानसिक रूपमा थकान महसुस गर्ने व्यक्तिहरूको लागि यो विशेष गरी लाभदायक छ ।

मह र दुध

महलाई प्राकृतिक चिनीको स्रोत मानिन्छ । यो पनि शरीरको लागि धेरै लाभदायक हुन्छ । तातो दुधमा मह मिसाएर पिउँदा ऊर्जा त बढ्छ नै पाचन प्रणालीलाई पनि बलियो बनाउँछ ।

मह र दुधको मिश्रण छालाको लागि पनि लाभदायक छ । यसले छालालाई नरम बनाइराख्छ र चमक बढाउँछ । यसले निद्राको गुणस्तरमा पनि सुधार गर्दछ ।

 

केसर

धेरै वर्षदेखि केसर औषधीय रूपमा प्रयोग हुँदै आएको छ । यसमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । राती सुत्नुअघि दुधमा केसर मिसाएर पिउनाले छालामा निखार आउँछ, रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र मानसिक शान्ति प्राप्त हुन्छ । केसर दुधले शरीरलाई शीतलता प्रदान गर्छ अनि अनिद्राको समस्यालाई हटाउन मद्दत गर्छ ।

बदाम

बदामलाई पोषक तत्वको खजाना मानिन्छ । यसमा भिटामिन ई, म्याग्नेसियम र हेल्दी फ्याट हुन्छ, जुन शरीरको लागि धेरै लाभदायक छ । दुधमा बदाम मिसाएर पिउँदा शरीरमा ऊर्जा बढ्छ, मस्तिष्कको काममा सुधार आउँछ । हड्डीलाई पनि बलियो बनाउँछ । यो मिश्रण विशेष गरी बच्चा र वृद्धवृद्धाका लागि धेरै लाभदायक छ ।

 

सुठो

सुकाएर राखिएको अदुवा अर्थात् सुठो पाचन प्रणालीको लागि धेरै लाभदायक छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रुघाखोकी जस्ता सामान्य रोगबाट जोगाउँछ ।

दुधमा सुठो मिसाएर पिउँदा शरीरमा न्यानोपन आउँछ, जुन जाडोमा विशेष गरी फाइदाजनक हुन्छ । यसले जोर्नी र मांसपेशीको दुखाइलाई पनि कम गर्छ ।

 

अलैंची

अलैंचीमा एन्टिअक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुण हुन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ र सासको दुर्गन्ध कम गर्छ । सुत्नुअघि दुधमा अलैंची मिसाएर पिउनाले निन्द्रा त राम्रो हुन्छ नै पेटसम्बन्धी समस्या पनि निको पार्छ र मानसिक तनावबाट पनि मुक्ति मिल्छ ।

हरेक रात सुत्नुअघि माथि उल्लेखित कुनै एक चिज दुधमा मिसाएर सेवन गर्नुस् । यसले नसा नसालाई शक्तिले भर्नेछ र तपाईं सधैं स्वस्थ रहनुहुनेछ । दुधसँगको यो मिश्रण शरीरको लागि धेरै लाभदायक हुन्छ र धेरै प्रकारका रोगहरूबाट पनि बचाउँछ ।

यसको नियमित सेवनले तपाईको स्वास्थ्यमा अचम्मको परिवर्तन देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप