बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

सहकारीको बचत रकम अपचलन गर्ने ढोरपाटनका मेयर नेपाली जेल चलान

बुधबार, १६ असोज २०८१, ०२ : १५
बुधबार, १६ असोज २०८१

बागलुङ । सहकारी बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार बागलुङ अदालतले उनलाई थुनामा राख्न दिएको हो । 


सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरेको थियो ।

 इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाइ छ । 


भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । 

सहकारीका बचतकर्ताको रु दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई रु एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप