इजरायललाई इरानी आक्रमणबाट जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको निर्देशन
बुधबार, १६ असोज २०८१, ०१ : २५

काठमाडौँ । मंगलबार राति इजरायलमा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई इरानी आक्रमणबाट बचाउन निर्देशन दिएका छन् ।
उनले सेनालाई इरानी आक्रमणबाट रक्षा गर्न र इजरायलतर्फ प्रहार गरिएको मिसाइललाई खसाल्न भनेका हुन् । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, 'अमेरिकाले केही इरानी मिसाइलहरू खसालेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
-
‘अत्तालिएको र सन्तुलन गुमाएको’ भन्दै प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन राप्रपाको चेतावनी
-
‘विद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’
-
तीर्थको शतक, आर्मीको अपराजित यात्रा जारी
-
राजावादीको प्रदर्शनले झस्केका छैनौँ : प्रचण्ड
-
कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव