बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र

बुधबार, १६ असोज २०८१, ०१ : ११
बुधबार, १६ असोज २०८१

काठमाडौँ । नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तहरूले नेपाली राजदूतावास कायरोमा द्वितीय सचिव दीपक घिमिरेलाई फोन नं +२०१०९७७७२३४८ मा, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतमा मोहम्मद गोजायललाई फोन नं+९६१३३०११८१/+९६१७१६८८८२१/+९६१८१८८३७१३ मा र परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवाललाई फोन नं +९७७९८४११७९५२० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप