कर्णालीमा स्थानीय सेवाको गठन, संचालन र सेवासम्बन्धी विधेयक पारित

सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको 'स्थानीय सेवाको गठन संचालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक - २०८१' पास भएको छ।
मंगलबार राति बसेको प्रदेश सभा बैठकबाट उक्त विधेयक पास भएको हो । प्रदेश सरकारले आफ्नो प्रदेशमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास र नागरिक सेवा प्रवाहसँग सम्बन्धित रहेर स्थानीय सेवा ऐन ल्याएको हो ।
कर्मचारी प्रशासनलाई चुस्त बनाउनदेखि स्थानीय तहमा रहने सेवा गठनलाई सुनिश्चित गर्नका लागि यो विधेयक ल्याइएको बताइएको छ । स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति रहने तह सुनिश्चित गर्न, कर्मचारी कार्य विवरण र कार्यसम्पादन मार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्न यो विधेयक ल्याइएको हो ।
प्रदेश सभाबाट यो विधेयक पारित भएर कार्यान्वयनमा आएको खण्डमा कर्णालीका पालिकाहरूले आवश्यक जनशक्तिको दरबन्दी सिर्जना गर्न सक्नेछन् भने गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा पनि गरिएको छ । यो ऐन आएमा स्थानीय तहमा बेथितिका रूपमा रहेको कानुन विपरीतका पदपूर्तिमा रोक लाग्ने विधेयकमा उल्लेख छ।
प्रदेश सभाबाट विधेयक पास भएसँगै अब ऐनका रुपमा लागु हुनेछ ।
यस्तै मन्त्रिपरिषद् बैठकले चौथो अधिवेशन समापन गर्ने निर्णय गरेकासँगै ३३ औँ बैठक बसेर अधिवेशन समापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान