इरानले भन्यो– नसरल्लाहको मृत्युको जवाफमा इजरायलमाथि हमला
बुधबार, १६ असोज २०८१, ०० : ०३

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले सरकारी टेलिभिजनमा एक विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ मिसाइलहरु प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने धम्की पनि दिइएको छ । निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युका साथै लेबनान र प्यालेस्टाइनका जनताको मृत्युको प्रतिक्रियास्वरूप यी आक्रमणहरू गरिएको बताएको छ।
हमलाका क्रममा इजरायलका महत्त्वपूर्ण लक्ष्यहरूलाई निशाना बनाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
-
‘अत्तालिएको र सन्तुलन गुमाएको’ भन्दै प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन राप्रपाको चेतावनी
-
‘विद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’
-
तीर्थको शतक, आर्मीको अपराजित यात्रा जारी
-
राजावादीको प्रदर्शनले झस्केका छैनौँ : प्रचण्ड
-
कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव