इजरायली सेनाले भन्यो- 'इरानबाट देशभर आक्रमण जारी छ'
मङ्गलबार, १५ असोज २०८१, २३ : ५९

काठमाडौँ । इजरायली सेनाले इरानबाट देशभरि आक्रमण जारी रहेको जनाएको छ।
इजरायली रक्षा बलले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अर्को आदेश नआएसम्म तपाईं सुरक्षित स्थानमा रहनुहोला । तपाईंले सुन्नु भएका विस्फोटहरू (रकेट वा मिसाइलहरू) खसेको वा नष्ट भइरहेका छन्।'
इरानबाट हानिएका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । इरानले प्रहार गरेको मिसाइल इजरायलको आकाशमा देखिएका लाइफ फुटेजहरु बीबीसीलगायतका सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत