बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

हनुमन्ते करिडोर निर्माणका लागि पहल गर्छुः अध्यक्ष दाहाल

मङ्गलबार, १५ असोज २०८१, २३ : २७
मङ्गलबार, १५ असोज २०८१

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरेका छन् । 

गत शनिबार हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ गठ्ठाघर–कौशलटार सागबारीमा पुर्‍याएको क्षतिको निरीक्षण गर्दै करडोर निर्माणमा चासो व्यक्त गरे । उनले बस्तीमा हनुमन्ते खोला पस्नुको कारणबारे जिज्ञासा राख्नुको साथै क्षतिबारे जानकारी लिए। स्थलगत निरीक्षणका क्रममा स्थानीयले हनुमन्ते करिडोर निर्माण सम्पन्न नहुँदा खोलाको बाढीले बस्ती र कृषियोग्य भूमिमा ठूलो क्षति पुर्‍याएको भन्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्न माग गरेका थिए । 

अध्यक्ष दाहालले यसबारे स्थानीय सरकार र सम्बन्धित निकायमा कुरा राख्ने बताए । उनले हनुमन्ते करिडोर निर्माणमा भएको गतिरोध हटाउन केन्द्र सरकारका तर्फबाट आवश्यक पहल गर्न सरकार र संसद्मा कुरा राख्ने बताउँदै जनताको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यस अवसरमा अध्यक्ष दाहालसँग केन्द्रीय नेताहरू अग्नि सापकोटा, पूर्वभूमिसुधार मन्त्री शशी श्रेष्ठ, मध्यपुरथिमिका उपप्रमुख उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत माओवादी केन्द्रका केन्द्र, जिल्लाका नेताहरूको पनि उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप