एक लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं
मङ्गलबार, १५ असोज २०८१, २३ : १३

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँमा धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही ५०/५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो ।
प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल