इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

तेल अभिभ । इजरायली सेना (आईडीएफ) ले इरानबाट आफ्नो क्षेत्रमा मिसाइल आक्रमण भएको दाबी गरेको छ । मिसाइल आक्रमणसँगै इजरायलभर खतराको साइरन बजिरहेको छ।
इजरायली सेनाले इजरायली नागरिकहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा जाने र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ ।
यसैबिच इरानको सरकारी टिभीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबाट इजरायलतर्फ ‘दर्जनौँ’ मिसाइलहरू प्रहार गरिएको पुष्टि गरेको छ । इजरायलले जवाफ दिएमा अर्को आक्रमणको धम्की दिएको छ।
रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।
यसअघि तेल अभिभमा गोली चलेको आवाज सुनिएको थियो । प्रहरी प्रवक्ताले यस घटनामा धेरै जना घाइते भएको बताए । ‘आतङ्क फैलाउन’ यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकाले पनि इरानबाट आक्रमण हुन सक्ने बताएको थियो । उता, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध स्थल आक्रमण गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै