बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, १५ असोज २०८१, २२ : ००
मङ्गलबार, १५ असोज २०८१

आज २०८१ असोज १५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • प्रधानमन्त्रीको स्वीकारोक्ति

 प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट धेरै क्षति हुनुमा सरकारले अनुमान गरेभन्दा ठुलो विपद् आएकाले क्षति न्यूनीकरण गर्न नसकिएको स्वीकार गरेका छन् ।

  • ग्राउन्ड जिरो

अविरल वर्षाका कारणले गर्दा गएको बाढी र पहिरोले बीपी राजमार्ग यतिबेला सुनसान अनि ठप्प छ। नमो बुद्धबाट ओरालो लागेपछि सबै बाटोहरू अस्तव्यस्त देखिन्छन् । बीपी राजमार्गमा पहिरोले ठुलो क्षति भएको छ ।

  • बजेट छुट्याउँछ, कार्यान्वयन गर्दैन

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आफैँले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा उदासीन देखिएको छ । मुख्यमन्त्री कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को कार्यक्रम, बजेट र खर्चको वार्षिक समीक्षा तथा प्रगति विवरणमा यस्तो देखिएको छ ।

  • चाडबाड अर्थतन्त्र

दसैँ सुरु हुन अब हप्ता दिन मात्रै बाँकी छ । उपभोक्ताहरू यसको लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् । व्यवसायीहरू पनि बजारको माग केही बढेका कारण आयात गर्नेदेखि खुद्रा बजारसम्म सामान पुर्‍याउन व्यस्त छन् । दसैँमा खाद्यान्न, लत्ताकपडा, माछा मासु लगायतको व्यापार सबैभन्दा धेरै हुने गरेको छ ।

  • सुगर ड्याडी

युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । ३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । 

  • विभागमा चलखेलको आरोप

 वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आईरिस रिकोग्नेसन’ प्रणाली लागु गरेकै दिन बिग्रिएको छ । वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान तालिमका लागि मंगलबारदेखि यो सिस्टम लागु गर्ने भनेको थियो ।

  • तरकारीको मूल्य

तीन दिनसम्म लगातार परेको वर्षा र बाढी पहिरोले मुख्य सबै राजमार्गहरु अवरुद्ध भएका थिए । जसका कारण खाद्यान्न तथा तरकारीजन्य वस्तुको आपूर्ति हुन सकेन । यसको प्रभाव अहिले काठमाडौँ उपत्यकाको बजारमा प्रत्यक्ष देखिएको छ  । अहिले कुनै राजमार्ग एकतर्फी र कुनै अझै सञ्चालनमा आउन सकेका छैनन् । यसले दैनिक उपभोग्य वस्तु मागअनुसार आपूर्ति हुन सकेको देखिँदैन ।

  •  गृहमन्त्रीमाथि प्रश्नै प्रश्न

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सत्तारुढ दल कांग्रेसकै सांसदहरूले सरकारको काम कारबाहीको आलोचना गरेका छन् । गृहमन्त्री रमेश लेखक उपस्थित बैठकमा सरकारको कार्यशैलीमाथि र मन्त्री लेखकले दिएका अभिव्यक्तिबारे सांसदले प्रश्न उठाएका हुन् ।

  • संसदीय दलको बैठक

सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बोली’देखि बाढी पहिरोको विपदमा सरकार असफल भएको विषय उठेको छ ।

  • टकराव

 बार र बेञ्च फेरि एक पटक आमनेसामने भएका छन् । २००८ सालमा प्रधान न्यायालय भनेर स्थापना गरिएको निकायलाई २०१३ सालपछि सर्वोच्च अदालतमा रुपान्तरण गरिएको थियो । यो अवधिमा बार र बेञ्चका बिचमा धेरै पटक टकराव भएको छ । बारकै विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको भने यो पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप