मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

मङ्गलबार, १५ असोज २०८१, २१ : २५
मङ्गलबार, १५ असोज २०८१

काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ । 

ई स्पोर्ट्स संघ नेपाल (ईशान)को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।

बागमती च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स, अनर अफ किंंग्स र ई फुटबल गरी चार खेललाई समावेश गरिएको छ । खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजक संस्था ई स्पोर्ट्स संघ नेपालले जनाएको छ । 

प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए । दसैँ लगत्तै छनोट खेल र कात्तिक ९ र १० मा ल्यान ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए । 

प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप