धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघ्यो, असोज २२ गतेसम्मको टिकट बुक
मङ्गलबार, १५ असोज २०८१, २० : ५२
_XMSouGtdf7.jpg)
काठमाडौँ । धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघेको छ । सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले मंगलबारसम्म धरहरा चढ्नेको सङ्ख्या एक लाख ६ हजार ४९० जना पुगेको जनाएको छ ।
सहरी विकास मन्त्रालयले गत असोज ३ गते धरहरा सञ्चालनमा ल्याएको थियो । प्रतिकूल मौसमका कारण आवतजावतमा कठिनाइ भएकाले आइतबार धरहरा प्रवेश बन्द गरिएको थियो । आइतबारको लागि टिकट बुकिङ गरेका ग्राहकलाई अर्को मितिमा धरहरा चढ्ने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
दैनिक ६०० बढी महिला र ४०० बढी पुरुष गरी एक हजारभन्दा बढी नागरिकले धरहरा चढ्न दिइने व्यवस्था रहेको छ। यस्तै धरहराको टिकट आगामी असोज २२ गत अर्थात् एक सातासम्मका लागि बुकिङ भइसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्