लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक
मङ्गलबार, १५ असोज २०८१, २० : ४८

काठमाडौँ । नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो ।
नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेललाई लुम्बिनी लायन्सले मार्की खेलाडीका रूपमा साइन गरेको थियो ।
सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंहलाई प्रस्तुत गरिएको छ जसले टिमको शक्ति, साहस र लिगमा वर्चस्व कायम गर्ने दृढतालाई प्रस्तुत गरेको टिमको भनाई छ । लुम्बिनी लायन्सको सारलाई समेट्न डिजाइन गरिएको यस लोगोले क्लबले एकता र दृढताको भावना झल्काउँछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा आठवटा टिम समावेश छन्। लिग मङ्सिर १६ देखि काठमाडौँमा सुरु हुँदैछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली