मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय

मङ्गलबार, १५ असोज २०८१, २० : ४७
मङ्गलबार, १५ असोज २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको चालु १४ औँ अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले असोज १६ गते बुधबार रातको १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।

मन्त्री लामिछानेले २०८१ वैशाख ३१ गतेदेखि सुरु भएको वर्षे अधिवेशन संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्यका लागि सिफारिस गर्ने निर्णय भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप