सामूहिक भावना अभिवृद्धिमा जोड दिन प्रधानसेनापतिको निर्देशन
![सामूहिक भावना अभिवृद्धिमा जोड दिन प्रधानसेनापतिको निर्देशन](https://npcdn.ratopati.com/media/news/dsc_9504_ohE815GzHW.jpg)
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सकलदर्जाको सामूहिक भावना तथा एकढिक्कापन अभिवृद्धिमा जोड दिन निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक २०८१ को समापनमा बोल्दै सिग्देलले सबै तहका कमान्डरहरूलाई अपरेशनल क्षमताको विकास, उच्च तयारीपन तथा अपरेशनल प्रभावकारिता वृद्धि हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
उनले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए । दुई दिनसम्म सञ्चालन भएको उक्त बैठकको पहिलो दिन सोमबार पृतनापतिहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए ।
दोस्रो दिन मंगलबार जङ्गी अड्डामा रहेका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूले आ-आफ्नो जिम्मेवारी अनुरूपको प्रस्तुतीकरण, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए ।
बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था, नेपाली सेनाको भिजन २०३० कार्यान्वयनको अवस्था, सञ्चालित तालिमहरूको प्रभावकारिता लगायतका विषयमा छलफल भएको थियो ।
नेपाली सेनाको वार्षिक कार्य तालिका अनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आइरहेको छ । यस वर्षको पहिलो बैठकको समापनका अवसरमा नेपाली सेनाका विभागीय प्रमुखहरू, पृतनापतिहरू, निर्देशक एवं वाहिनीपतिहरू लगायत अधिकृतहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता