मेयर कप स्नुकर प्रतियोगिताको उपाधि शिशिर गुरुङलाई
मङ्गलबार, १५ असोज २०८१, २० : २६

बुटवल । आठौँ रुपन्देही जिल्लास्तरिय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि भैरहवाका शिशिर गुरुङले प्राप्त गरेका छन् ।
भैरहवास्थित क्रेज क्यु क्लब हाउसमा भएको प्रतियोगितामा मंगलबार शिशिर गुरुङले सञ्जय कार्कीलाई हराएका थिए । उनले ५–२ ले हराउँदै विजेता बनेका हुन् भने कार्की उपविजेता बनेका छन् ।
रुपन्देही पुल तथा स्नुकर सङ्घको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताका विजेतालाई मंगलबार सिद्धार्थ नगरपालिका मेयर इश्यिाक अहमद खाँले मेडल तथा नगद राशि प्रदान गरेका छन् ।
खेल संयोजक एवं सङ्घका सल्लाहकार विजय थापाका अनुसार प्रतियोगिताको उपाधि विजेता गुरुङले नगद ६१ हजार रुपैयाँ तथा उपविजेता कार्कीले २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल