बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

मनिष र दीपाको गीत ‘आयो दसैँ तिहार’ सार्वजनिक

मङ्गलबार, १५ असोज २०८१

काठमाडौँ । गायक मनिष राई र गायिका दीपा तामाङको स्वर रहेको दसैँ तिहार गीत ‘आयो दसैँ तिहार’ सार्वजनिक भएको छ । दानबहादुर कार्कीको शब्द रहेको गीतमा संगीत समिर खरेलले दिएका छन् । 

कामको सिलसिलामा विदेशीका एक परदेशी दसैँमा घरमा आउन नपाएको पीडा र उनको पर्खाईमा बसेकी श्रीमतीको पीडा गीतले व्यक्ति गरेको छ । 

गीतको भिडियोमा सनिसा बजगाई, बालकृष्ण ओली, सुवास सुवेदी, समय कार्की, कृष्ण ढुंगाना, गोमा न्यौपानेको अभिनय छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, ओम खड्काको सम्पादन रहेको भिडियोको निर्देशन बिष्णु बुढाथोकीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया