यस्तो छ विपत्तिपछिको क्षतिको विवरण र सरकारको प्रयास (पूर्णपाठसहित)
काठमाडौँ । बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण २१ जिल्लाहरू प्रभावित भएका छन् । बाढी, पहिरो र डुबानका कारण काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् ।
उक्त प्राकृतिक विपत्तिबाट हालसम्म २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । यस्तै उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको उनले बताए ।
प्रधानमन्त्री ओलीका अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिचाइ पूर्वाधारतर्फ १ अर्बको क्षति भएको छ ।यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको जनाइएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले बाढी पहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिएका छन् । विपद् प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र सकिने पनि उनले बताए । यस्तै प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट निरन्तरता दिइने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालका लागि पाथीभरा केबलकारको निर्माण कार्य स्थगित गर्ने सहमति
-
‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति
-
१० बजे १० समाचार : रविविरुद्ध अर्को मुद्दा, कांग्रेसभित्र नयाँ मत
-
योगमाया सखी बनेकी जेरी भन्छिन्– संगीतसहितको प्रवचन गर्न लागेको हुँ
-
सीडीओलाई प्रहरी परिचालनको जिम्मा दिने प्रस्तावमा पूर्व आईजीपीहरुको चिन्ता